बुधबार, चैत १८, २०८२

‘कान्ताराः च्याप्टर १’ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार

मेरोन्यूज २०८१ चैत २१ गते ८:२८

हैदाराबाद, २२ चैत । ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेपछि अब यो फिल्मको प्रिक्वेल रिलिजको तयारी अवस्थामा छ । केही समयअघि सामाजिक सञ्जालमा ऋषभ शेट्टीको कान्ताराः च्याप्टर २ स्थगित भएको खबर भाइरल भइरहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

तर निर्माताले ‘कान्तारा च्याप्टर १’ लाई स्थगित नगरेको कुरा अनौठो ढंगले पुष्टि गर्दै फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । उनका अनुसार ‘कान्तारा च्याप्टर–१’ यसै वर्षको अक्टोबर २ मा हलमा रिलिज हुँदैछ । सन २०२२ को ब्लकबस्टर फिल्म पछि मास्टरमाइंड ऋषभ शेट्टीले ‘कान्तारा’ को प्रिक्वेलको लागि आफ्नो सबै बल दिएका छन्।

खासमा ५ सयभन्दा बढी ट्रेन फाइटर र ३ हजार व्यक्तिको ठूलो कास्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूमार्फत खिचिएका उत्कृष्ट एक्सन दृश्यहरू यस चलचित्रमा देख्न सकिनेछ ।

‘कान्ताराः अध्याय १’ को कथा तटीय कर्नाटकको कदम्ब कालमा आधारित छ। कदम्बाहरू लामो समयसम्म कर्नाटकका केही भागहरूमा शासन गरेका थिए र उनीहरूले यस क्षेत्रको वास्तुकला र संस्कृतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यो अवधिलाई भारतीय इतिहासको स्वर्णिम कालसमेत मानिन्छ।

फिल्ममा ऋषभ शेट्टी मुख्य भूमिका मात्रै नभई फिल्मको निर्देशन पनि गरेका छन् । सन् २०२३ मा शेट्टीले ‘कन्तारा’ मा दर्शकले जे देखेका थिए त्यो यो अब आउने फिल्मको भागः२ हो र यस फिल्म पछिको अर्को रिलिज ‘कान्तारा’ को प्रिक्वेल हुने घोषणा गरेका थिए।

‘कान्तारा च्याप्टर १’ को घोषणा गर्दै ऋषभले भनेका थिए, ‘यो फिल्मलाई दर्शकले मन पराएकोमा हामी धेरै खुसी छौं। ‘कान्तारा’ लाई अपार माया र साथ दिनु हुनेहरू प्रति हामी सधैं आभारी रहनेछौं। फिल्मले सफलतापूर्वक १०० दिन पूरा गरेको छ, यसै अवसरमा म ‘कान्तारा’ को प्रिक्वेल घोषणा गर्न चाहन्छु, तपाईंले के देख्नुभएको जुन फिल्म हो, त्यो वास्तवमा भाग २ हो, भाग १ अर्को वर्ष आउँछ।’

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ २०२२ मा सबैभन्दा धेरै हेरिएको फिल्म थियो। दर्शकले फिल्मको कथा निकै मन पराएका थिए। यो फिल्म पहिलो पटक कन्नड भाषामा रिलिज भएको थियो तर फिल्मको सफलता देखेर निर्माताले यसलाई भारतभर रिलिज गर्ने निर्णय गरेका थिए । 
 

प्रतिक्रिया