एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्हालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को गत १५ गतेको पत्र आदेशानुसार एसपी गिरी रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी गिरीको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।
तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको सरुवा भएपछि उनकै स्थानमा एसपी गिरी आएका हुन्।
बिना घुमुवाको १३ महीने कार्यकाल पूरा गरी एसपी घिमिरे दुई दिन अघी त्यहाँबाट रवाना भएका थिए। शून्य सहनशीलताको नीति लिएर कार्यकाल पूरा गरेका एसपी घिमिरेको बिदाई समारोहमा सैयौं नागरिकले भव्यरुपमा सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए।
एसपी गिरी पनी घिमिरे सरह शून्य सहनशीलताको नीति सहित काम गर्ने जिल्ला बासीले बिश्वास लिएका छन्










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया