बुटवल–भैरहवामा हुन्डाईको नयाँ क्रेटा इभी सार्वजनिक, कार्यक्रम स्थलबाटै ग्राहकलाई हस्तान्तरण

काठमाडाैं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी भव्य कार्यक्रममार्फत सार्वजनिक गरेको छ।
सिद्दि विनायक मोटो कर्प प्रा. लि., बुटवल र जगत मोटर्स प्रा. लि., भैरहवाको संयुक्त आयोजनामा मणिग्रामस्थित बोधि भिल्लामा आयोजित कार्यक्रममा उल्लेखनीय संख्यामा ग्राहकहरूको सहभागिता देखिएको छ।
कम्पनीका अनुसार, क्रेटा इभी को सार्वजनिक प्रदर्शनसँगै हुन्डाईले विद्युतीय सवारीबारे रहेका आम दुविधा हटाउने प्रयास गरेको छ। विशेषगरी स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क तथा दीर्घकालीन सपोर्ट सम्बन्धी चिन्तालाई समाधान गर्ने हेतुले कम्पनीले क्रेटा इभी र आइसीइ दुबै मोडल एउटै प्लेटफर्ममा उत्पादन गरिरहेको जानकारी दिएको छ।
त्यस्तै, हुन्डाई नेपाल ले विद्युतीय सवारी प्रयोगकर्ताको सहजताका लागि RE-Lax चार्जिङ नेटवर्क पनि देशभर विस्तार गरिरहेको छ। हालसम्म ६६ वटा AC तथा DC चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ।
यस विशेष अन्तरक्रिया कार्यक्रममा ग्राहकहरूलाई क्रेटा इभी सहित हुन्डाईका अन्य नयाँ मोडलहरू पनि अवलोकन गराइएको थियो। सहभागिता उल्लेखनीय मात्रामा रहँदा, कार्यक्रममै ३० भन्दा बढी युनिट क्रेटा इभीको बुकिङ कन्फर्म गरिएको थियो। यसमध्ये १० वटा युनिट सोही दिन ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको छ।
कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीका प्रविधि, सुविधा र बिक्रीपछिको सेवाबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

प्रतिक्रिया