पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

झापा । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित मैगलबार मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव भएसम्म सबै उपाय अवलम्वन गर्न कटिबद्ध रहेको बताए ।
उनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन पनि दिए ।
मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा मन्त्री कार्कीले चासो राखेको पोर्तेलले बताए ।
नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ ।















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया