विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
मेरोन्यूज
२०८२ जेठ ३ गते १४:५३

धुलिखेल । काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–७ स्थित सञ्जीवनी चोकमा विद्युत् पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको हो।
शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो । घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया