बाँकेमा पुलबाट खसेर एक युवकको मृत्यु
मेरोन्यूज
२०८२ जेठ ५ गते १९:०४

घोडाघोडी (कैलाली) । निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ। २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेका थिए। अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए।
सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ। आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया