आइसीयूमा रहेका ६ सय संक्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर आइसीयूमा रहेका ६ सय सङ्क्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसीयूमा रहेका ६ सय संक्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा उपचाररत रहेका बताए ।
पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण आज ५८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ४ हजार ७६४ संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५८८ होम आइसोलेसनमा छन् ।
















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया