२६ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ जना उपसचिवको पदस्थापन तथा सरुवा भएको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना र विभिन्न निकायमा कार्यरत ३ जनालाई मन्त्रालयले शुक्रबार पदस्थापन तथा सरुवा गरेको हो ।
मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । जसमा अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसैविच जिल्ला समन्वय समिति झापामा कार्यरत अकबर प्रधान, जिल्ला समन्वय समिति स्याग्जामा कार्यरत रुकु शर्मा र कटारी नगरपालिका उदयपुरमा कार्यरत राजमणी निरौला मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया