राष्ट्रिय सभाको लुम्बिनी प्रदेशतर्फबाट रिक्त पदको उपचुनाव जेठ १७ गते

काठमाडौं । राष्ट्रिय सभाको लुम्बिनी प्रदेशतर्फबाट रिक्त पदको उपचुनाव आगामी जेठ १७ गते हुने भएको छ । निर्वाचन आयोगले जेठ १७ गते उपचुनाव गर्ने निर्णय भएको भन्दै आज मिति घोषणा गरेको हो ।
जेठ १७ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्मका लागि मतदान समय निर्धारण आयोगले गरेको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित चन्द्रबहादुर खड्काले माओवादी छोडेर एमाले रोजेपछि उक्त पद माओवादीले रिक्त गराएको थियो ।
निर्वाचनका लागि आयोगले दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालय तोकेको छ । बाग्मतिमा भने जेठ ६ मा निर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापाले पनि एमाले रोजेपछि उनको पद पनि माओवादीले रिक्त गराएको थियो ।
वाग्मतीका लागि शुक्रवार उम्मेदवारी दर्ताको समय नै तोकिएको छ । एमालेले लुम्बिनीमा चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाउन लागेको छ भने विपक्षी गठवन्धन (कांग्रेस, माओवादी, जसपाको उपेन्द्र-बाबुराम समूह र माधव नेपाल समूह) ले एमाले छोडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाउन लागेको छ ।
वाग्मतीमा एमालेले गृहमन्त्री थापा र विपक्षी गठबन्धनले माओवादीको चुनाव चिहनमा डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउन लागेको छ ।










हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया