राष्ट्रिय सभाको लुम्बिनी प्रदेशतर्फबाट रिक्त पदको उपचुनाव जेठ १७ गते

काठमाडौं । राष्ट्रिय सभाको लुम्बिनी प्रदेशतर्फबाट रिक्त पदको उपचुनाव आगामी जेठ १७ गते हुने भएको छ । निर्वाचन आयोगले जेठ १७ गते उपचुनाव गर्ने निर्णय भएको भन्दै आज मिति घोषणा गरेको हो ।
जेठ १७ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्मका लागि मतदान समय निर्धारण आयोगले गरेको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित चन्द्रबहादुर खड्काले माओवादी छोडेर एमाले रोजेपछि उक्त पद माओवादीले रिक्त गराएको थियो ।
निर्वाचनका लागि आयोगले दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालय तोकेको छ । बाग्मतिमा भने जेठ ६ मा निर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापाले पनि एमाले रोजेपछि उनको पद पनि माओवादीले रिक्त गराएको थियो ।
वाग्मतीका लागि शुक्रवार उम्मेदवारी दर्ताको समय नै तोकिएको छ । एमालेले लुम्बिनीमा चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाउन लागेको छ भने विपक्षी गठवन्धन (कांग्रेस, माओवादी, जसपाको उपेन्द्र-बाबुराम समूह र माधव नेपाल समूह) ले एमाले छोडेर कांग्रेस प्रवेश गरेका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाउन लागेको छ ।
वाग्मतीमा एमालेले गृहमन्त्री थापा र विपक्षी गठबन्धनले माओवादीको चुनाव चिहनमा डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउन लागेको छ ।


















अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
मर्स्याङ्दी ड्याममा नुहाउने क्रममा एक जना बेपत्ता, खोजी जारी
पिएम कपः गण्डकीसँग कर्णाली पराजित
महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
प्रतिक्रिया