एमालेले बोलायो स्थायी कमिटी बैठक: के के छन् त एजेन्डा ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रतिनिधि सभाको विशेष अधिवेशन र आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयनका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक विहान १० बजे वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओली कै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिसकेकी छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्ट एमाले कै एउटा खेमाले असहयोग गर्ने तयारी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सहयोग गर्न नसक्ने स्पष्ट पारिसकेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने प्रधानमन्त्रले लिने विशवासको मतको विपक्षमा मतदान गर्ने बताएको छ ।
यिनै पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र आगामी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाएको एमालेले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया