काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने

काठमाडौं ।काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार साँझ एक विज्ञप्ती निकाल्दै सिफल, कोटेश्वर र बल्खुबाहेकका क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको हो ।
‘काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्जजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोसमेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम १९ (आजै)गतेदेखि लागू हुने गरी देहायका स्थानबाहेक बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।
यदपी प्रशासनसँगको अनुमति लिएको अण्डमा भने कार्यक्रम गर्न दिन सकिने बताइएको छ । राजावादीहरुको प्रदर्शन जारी रहेका बेला काठमाडौं जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो ।











वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया