राष्ट्रिय सभा उपनिर्वाचनः वागमती प्रदेशमा उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको वागमती प्रदेश तर्फबाट अन्य समुहको रिक्त एक पदका लागि आज दलहरुले उम्मेदवारी दर्ता गदैछन् ।
राष्ट्रिय सभा चुनावका लागि ५ दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म आयोगले उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।
प्रमुख सत्तारुढ दल एमालेले उम्मेदवार चयन गरिसकेको छैन । उसले गृहमन्त्री रामवहादुर थापा बादललाई जित सुनिश्चित हुने स्थितीमा उठाउने नत्र अन्य उम्मेदवार उठाउने गरी तयारी गरेको छ ।
त्यसका लागि छलफल गर्न र अन्य समसामायिक विषयमा छलफल गर्न एमालेले अहिले विहान ९ बजे पार्टी महाधिवशेन आयोजक समितिको स्थायी समिति बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम समुह र एमालेकै पनि माधव नेपाल समुहका तर्फबाट भने डा. खिमलाल देवबोटालाई उम्मेदवार बनाउने तय भएको छ ।
तर एमालेभित्रको विवाद मिलाउन र एउटै उम्मेदवार बनाउन प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल दुवै शीर्ष नेतालार्इ दुवै पक्षका दोस्रो तहका नेताहरुको चर्को दवाव छ ।
नेपाल समुहका नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथी ६ महिना निलम्वन गर्ने पार्टीको निर्णय पूर्नविचार गर्न ओलीमाथी दवाव बढेको छ । तर यही गर्ने भन्ने विषयमा ओलीले कुनै जवाफ दिईसकेका छैनन ।
अहिले विहान बोलाईएको स्थायी समिति बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने नेताहरुको भनाइ छ ।
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरिसकेको छ । माओवादी केनद्रबाट निर्वाचित बादल एमाले प्रवेश गरपछि सो पद रिक्त छ ।
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया