एनएसएल फुटबलमा आज एक मात्र खेल

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एक मात्र खेल हुँदैछ ।
तालिकाको पुछारमा रहेको एफसी चितवनले तालिकाको छैठौ स्थानमा रहेको पोखरा थण्डर्ससंग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
समुहचरणको अन्तिम खेल खेल्न लागेको पोखरा आजको खेलमा जित निकाल्दै प्लेअफ प्रवेशको सम्भावना जिवितै राख्ने दाउमा रहेको छ ।
५ अंकमा तालिकाको छैठौ स्थानमा रहेको पोखरालाई प्लेअफ प्रवेशका लागि आजको खेलमा जित निकाल्दै अन्य टोलीको नतिजा कुर्नपर्नेछ ।
२ अंकमा तालिकाको पुछारमा रहेको चितवनलाई पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाव छ । ४ खेल मात्र खेलेकाले चितवनलाई अघिल्लो चरण प्रवेशका लागि आजको खेल र काठमाण्डौ रेजर्सबिरुद्धको खेलमा जित निकाल्नु पर्नेछ ।
यसअघि हिजो भएको खेलमा काठमाडौं रेजर्सले विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले तथा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएका थिए । पाँचौ चरणका खेल सकिदा धनगढी एफसी र काठमाण्डौ रेजर्स प्लेअफमा प्रबेश गरिसकेका छन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया