प्रधान्यायाधीश जबरा गएपछि संवैधानिक परिषद बैठक सुरु भयो

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठक वालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान १० बजे सुरु भएको हो ।
लामो समयपछि आज बसेको बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ ।
परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना उपस्थित छन् । विपक्षी दलका नेता शेरबहादुर देउवा सभामुख अग्नि प्रसाद सापकोटा भने गएका छैनन् ।
परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै असन्तुष्टि जनाएका देउवा र सापकोटा नगएका हुन् । देउवाले त हिजो नै विज्ञप्ति जारी गर्दै परिषदका अन्य सदस्यलाई पनि नजान आग्रह गरेका थिए ।
हाल लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गरेपछि संसदीय सुनुवाई पछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषदको बैठक सम्बन्धी कार्यविधिमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिने र बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने उल्लेख छ ।
तर, हालै सरकारले बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरेको छ ।















ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
भक्तपुरमा चलचित्र महोत्सव हुँदै
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु ’
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया