लिङ्देनकाे प्रश्न- काण्ड बाहिर आएपछि मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकका प्रारम्भमा उनले मुलुकमा भ्रष्टाचार र कुशासनका विषय छरपस्ट भइरहँदा प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले के काम गरिरहेको छ ? भनी प्रश्न गरे ।
“मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विषय बाहिर आइरहेको छ, नैतिकता छ र सुशासनप्रतिको प्रतिबद्धता छ भने त मन्त्रीले राजीनामा दिनुपर्ने होइन र ?”, अध्यक्ष लिङ्देनले प्रश्न गरे, “हामी सदन र सडकबाट यसको सशक्त प्रतिवाद गर्छौ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोकुमार चौधरीले गृहमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमाथि उठेका प्रश्नको निश्पक्ष छानबिन गरी जवाफ दिनुपर्ने बताए । आ–आफ्ना पार्टीका तर्फबाट धारणा राखेर रास्वपा र राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।
















लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया