बिहीबार, मंसिर ४, २०८२

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु

मेरोन्यूज २०८२ साउन १४ गते १४:४५

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ ।मतदान केहिबेरअघिबाट सुरु भएको हो ।

संसदीय दलको नेताका लागि २ जनाबिच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया