जसपा नेपाल सप्तरीको अध्यक्षमा यादव
मेरोन्यूज
२०८२ साउन २० गते १५:०४

राजविराज (सप्तरी)। जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदारप्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
केदार २३५ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी उमेश यादवले २०५ मत प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित भएका छन्।
सचिवमा निरज झा निर्वाचित भए । यही १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेशन सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।
सम्बन्धित
















कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया