थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुर। साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी ९जङगली च्याउ० खोज्न व्यस्त छन । “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरी भन्छन्, “भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनी बताउछन् । वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ ।
उनका अनुसार साउन महिनाको भेंम्टी सानो टुप्पो भएको, लामो जरासहितको हुन्छ । भदौ असोजतिर टाउको ठूलो, जरा अझ लामो । “कहिलेकाहीँ त एक हातसम्म लामो जरा भएको च्याउ पनि भेटिन्छ” चौधरी भन्छन् । कात्तिकमा चाहिँ भेंम्टी सानो प्रजातीको हुन्छ, यसलाई ‘कटकी’ भनिन्छ । वर्षातमा पाइने भेंम्टी एकै ठाउमा धेरै पाइन्छ ।
“वनका सबै ठाउमा भेंम्टी पाईदैन” ६८ वर्षीय परदेशी डगौराले भन्नुभयो, “कुन कुन ठाउमा भेंम्टी पाईन्छ, कुन बेला पाईन्छ, त्यो कुरा बुढापाकाहरुलाई र उहाँहरुको संगत गर्नेहरुलाई मात्रै थाहा हुन्छ, ।” “यो वर्ष जुन ठाउमा भेंम्टी पाईयो, अर्को वर्ष पनि त्यही ठाउमा भेंम्टी पाईन्छ, ठाउ चिन्न सक्नु परयो, विशेष गरी भेंम्टी औसी र पूर्णिमाका दिन उर्मिने गरेको बुढापाकाहरुबाट सुनेको छु” उनी भन्छन् ।
थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै हुन्छ । खाने लायक भेंम्टीको खोजी । भेंम्टीको तरकारी निकै स्वादिलो हुने भएकाले वन क्षेत्रबाट नखोजी घरै नफर्कने भोंसुवा चौधरी बताउनु हुन्छ ।“हामीलाई थाहा हुन्छ” किसान चौधरीले भने, “कुन च्याउ विषालु हो र कुन खान मिल्ने, खान मिल्ने च्याउ मात्रै टिप्छौं ।” पूर्खौ देखि खान योग्य र अयोग्य च्याउको पहिचान गर्न थारुलाई आउने गरेको उनी बताउछन् हुन्छ ।
उहाँका अनुसार भेंम्टी च्याउको तरकारी खाने व्यक्तिलाई पेट सम्बन्धी रोगहरु र उच्चरक्तचापबाट छुटकारा पाईन्छ । विशेष गरी यो च्याउ विशेष गरी धमिराले बनाएका पुराना माटोको ढिस्को नजिक पाईन्छन ।
थारु समुदायको परम्परा अनुसार, भेंम्टी केवल वनबाट टिप्ने वस्तु मात्र होइन, यो त चाडपर्वका बेला पाहुनालाई पस्कीने विशेष परिकार पनि हो ।
दशैं, अष्टम्की जस्ता पर्वहरूमा पाहुनाहरुका लागि भेंम्टीको सुकुटी र माछा मिसाएर बनाइने स्वादिलो परिकारका दाल, भात, र मासु संगै पस्कीने गरिन्छ ।“भेंम्टी थोरै मात्रामा खाए औषधि, धेरै खाए रोग,” अनुभवी थारुहरू भन्छन्, “धेरै भेंम्टीको तरकारी खाए यसले पखाला लगाउछ, सन्तुलन मिलाएर खाएमा यसले पेटमा हुने अपचलाई ठिक गर्दछ ।”
सही भेंम्टी छुट्याउने कला थारु समुदायमा पीढी दर पीढी सर्दै आएको छ । थारु समुदायका बुढापाकाहरुका अनुसार खाने च्याउ गहिरो जरा भएको, समूहमा उम्रिएको, टिप्दा सजिलै नटुट्ने हुन्छ ।“नखाने च्याउ सानो जरा भएको टुट्ने बित्तिकै टुक्रिने, र अलिक फरक रंगको हुन्छ, देख्ने बित्तिकै थारु आँखाले चिनिहाल्छ” चौधरी भन्छन् ।
च्याउमा प्रोटिन, खनिज र भिटामिन हुन्छ । बोसोको मात्रा निकै न्यून हुने भएकाले पचाउनका लागि सहज हुने उनको भनाई रहेको छ । “थारु समुदायले प्राचिन काल देखिनै च्याउलाई तरकारीका रुपमा पकाएर खान थालेका हुन” उनले भने, “अहिले पनि जारी राखेका छन, वन क्षेत्र संरक्षण गरिदा भने सहज रुपमा च्याउ टिप्न पाइने गरेको भने छैन, वन छिर्न झन्झट हुन थालेपछि नयाँ पिढीले भेंम्टी टिप्न छाडदै गएका छन ।”
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया