काठमाडौ उपत्यकासहित ४१ स्थानमा सशस्त्र प्रहरी बलको मनसुन प्रतिकार्य अस्थायी वेश स्थापना

काठमाडौं । मनसुन शुरु भएदेखि काठमाडौ उपत्यकासहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेश स्थापना गरेको छ । काठमाडौ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको छ ।
त्यसैगरी कोशी प्रदेश अन्तर्गत मोरङ्गको बखरी र ओखलढुंगाको हर्कपुर, मधेश प्रदेशस्थित सप्तरीको भारदह र बर्साईन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिङ्कन बजार र सिगंटी तथा रसुवाको तातेपानीमा बेश स्थापना गरिएको छ ।
त्यस्तै गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पुर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेश स्थापना गरिएको छ ।
आपत् विपद्मा परेका आम नागरिकहरुको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायकोसाथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी उक्त बेशहरुमा विपद् उद्वार सामाग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखेको छ ।
यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकोले देशभरी १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सुचक तयार गरेको छ । आपद् विपद्मा परेका नागरिकहरुको उद्वार तथा सहयोगमा सुरक्षाकर्मीसहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान कस्तो अवस्थामा गर्ने भन्नेबारे उनीहरुलाई जानकारी गराइएको छ ।
उनीहरुले मनसुनको बेला विपद्मा परेका आम नागरिकहरुको उद्वारको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाललाई जानकारी गराउनासाथ विपद् उद्वार सामाग्रीसहितको सुरक्षा फौज परिचालन हुनेछ ।
त्यसैगरी देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिईएको छ । जसअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले १ सय ८०, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ९४, नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २ सय २७, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५०, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले १ सय ४३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले २५, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ७३, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले १ सय २ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौले ९६ जनालाई विपद् स्वयंसेवक तालिम दिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईड मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ तथा सशस्त्र प्रहरी बल नेपालको कार्यालय तथा कार्यालय प्रमुखहरुको नम्बर समेत उल्लेख गरेको छ । यसबाट विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न सकिनेछ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया