पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

चितवन। शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छाैँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।”
बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबाट ठगिएको सूचनाका आधारमा जिल्ला प्रशासनले विभिन्न चरणमा आवश्यक काजगपत्र पेस गर्न सूचना जारी गरेको थियो । उनका अनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटाले कागजपत्र पेस गरेका छन् । तीबाहेक अन्यलाई बन्द गर्न निर्देशन दिइएको हो ।
















चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया