गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन

रसुवा । जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् । पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, धनुषा, मकवानपुर, कास्की, स्याङ्जा, तनहँु, गोरखा, भोजपुर, रामेछाप, सप्तरीलगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहान २ः०० बजेदेखिनै स्नान तथा पूजा आराधना सुरू गरेका छन् ।
जीवनमा एक पटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थमा स्नान तथा पूजा आराधना सम्पन्न गरी वरदान मागेपछि फर्कने चलन रहिआएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक एवं धार्मिक पवित्र कुण्डमा डुबुल्की मारेपछि उकालो हिँड्दा लागेको थकान समाप्त भई आनन्दको अनुभूति हुने विश्वास छ । प्रतिकूल मौसमका कारण काठमाडौँबाट हेलिकप्टरमा जाने हवाई यात्रु भने प्रभावित भएका छन् ।
तीर्थ जाने यात्रुमध्ये सप्तरी, ललितपुर र सिन्धुपाल्चोक समेतका पाँच यात्रुलाई लेक लागेको असरले टाउकोमा पानी जमी स्वास्थ्य शिविरमा भएका साधन स्रोतले पूर्ण रूपमा निको पार्ने सम्भावना नभएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लान सिफारिस गरिएको हिमालय उद्धार सङ्घका चिकित्सक डाक्टर पदमराज जोसीले गोसाइँकुण्डबाट जानकारी दिनुभयो । उनका अनुसार काठमाडौँ जोरपाटीका एक जना यात्रु भने हाइअल्टिच्युटका कारण फोक्सोमा पानी जमेको पाइएकाले हिमालय उद्धार सङ्घको गोसाइँकुण्ड स्वास्थ्य शिविरले धुञ्चेमा पठाएको छ ।
जम्मा छ जना गम्भीर बिरामी यात्रुलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले रातिनै बोकेर तल झारेको छ । सामान्य रोग लागेका १५० बिरामीलाई उक्त सङ्घले उपचार गरिसकेको छ । यस्तै यात्रुहरूलाई देउरालीमा प्राथमिक उपचार गर्न स्वास्थ्य शिविर खडा गरी कार्य गरिरहेको नेकपा (माओवादी केन्द्र) दलको भ्रातृसंस्था योङ कम्युनिष्ट लिग(वाइसिएल) ले पनि बिरामी बोकेर उद्धारको कार्यमा सहयोग पु¥याएको छ । उक्त लिगको स्वास्थ्य शिविरबाट १५० भन्दा बढी यात्रुलाई प्राथमिक उपचारको साथै तीर्थ जान यात्रुमाझ सहज रूपको ऊर्जा प्रदान गरेको बताइएको छ ।
नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीमा राखेको स्वस्थ्य शिविरबाट एक हजार ८०० यात्रुलाई प्राथमिक उपचार गरिसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नेपाली सेनाले रातको समयमा यात्रुलाई गरेको उपचार विवरण प्रगति प्राप्त हुन बाँकी छ । गम्भीर बिरामी परेका यात्रुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार सुरक्षाका लागि यथेष्ट रूपमा सुरक्षाकर्मी परिचालन गरिएको र नुहाउने स्थान कुण्डको डिलमा गत ११ गतेको जस्तो घटना दोहोरिन नदिन विशेष तालिमप्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । यात्रुहरूलाई गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेदिक चिकित्सा, ग्रिनसिटी अस्पताल, नेपाली सेना, हिमालय उद्धार सङ्घ, पञ्चधाम समितिले निःशुल्क उपचार सेवा र गोसाइँकुण्डमा धुञ्चे युवा समूहले निःशुल्क तातोपानी खुवाइरहेको अध्यक्ष डिएमले बताउनुभयो । सुरक्षा अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया