संघीय संसद अन्तर्गतका ४ समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुनेछ । यो बिहान ८ः३० बजेवाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल गरिने भएको छ।







चिसोले पञ्चकुण्ड ताल जमेपछि …
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया