एसईईमा उत्कृष्ट ८६ जना विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

ललितपुर। ललितपुर महानगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।
महानगरले शुक्रबार एक विशेष समारोहको आयोजना गरी २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना गरी कुल ८६ जना विद्यार्थीलाई सम्मान गरेका हुन्।
सामुदायिक विद्यालयतर्फ ३ दशमलव ९५ जिपिएभन्दा माथि र संस्थागत विद्यालयतर्फ ४ जिपिए ल्याउने विद्यार्थीलाई जनही दुई लाख रुपियाँ नगद तथा सामुदायिक विद्यालय प्रत्येकलाई चार लाख रुपियाँ प्रदान गरिएको हो।
संस्थागत विद्यालयतर्फ धापाखेलस्थित जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्नुभएको छ। सामुदायिक विद्यालयतर्फ बुङमतीस्थित आदर्श सौल युवक माध्यमिक विद्यालयका ३ जनामध्ये एक जनाले ४ जिपिए र दुई जनाले ३ दशमलव ९६ जिपिए ल्याएका छन्।
शैक्षिक सत्र २०८१ को एसईईमा ललितपुर महानगरको समग्र नतिजा ९१ दशमलव ५१ प्रतिशत रहेको छ। यसमध्ये सामुदायिक विद्यालयतर्फ ८१ दशमलव ०५ प्रतिशत र संस्थागत विद्यालयतर्फ ९४ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए।
उनले कोभिड–१९ का कारण कमजोर बनेको शैक्षिक गुणस्तरलाई सुधार गर्न गरिएको यो अभ्यास विद्यार्थी र विद्यालयका लागि ठूलो प्रेरणा भएको स्पष्ट पारे। उनका अनुसार यो सम्मान र पुरस्कार महानगरका असल अभ्यासमध्ये एक हो र यसलाई अन्य पालिकाले पनि अनुसरण गर्न थालेका छन्।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यार्थी र विद्यालयलाई बधाई ज्ञापन गर्दै जीवनका अझ ठूलो परीक्षा पास गर्न निरन्तर तयारी गर्नुपर्नेमा जोड दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचका साथ जिम्मेवार र इमान्दार बन्न आग्रह गरेका छन्।
शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावकको अथक परिश्रमको कदरस्वरूप यो सम्मान गरिएको बताए।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया