एसईईमा उत्कृष्ट ८६ जना विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

ललितपुर। ललितपुर महानगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउन सफल ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरेको छ ।
महानगरले शुक्रबार एक विशेष समारोहको आयोजना गरी २२ वटा संस्थागत विद्यालयका ७८ जना र ६ वटा सामुदायिक विद्यालयका ८ जना गरी कुल ८६ जना विद्यार्थीलाई सम्मान गरेका हुन्।
सामुदायिक विद्यालयतर्फ ३ दशमलव ९५ जिपिएभन्दा माथि र संस्थागत विद्यालयतर्फ ४ जिपिए ल्याउने विद्यार्थीलाई जनही दुई लाख रुपियाँ नगद तथा सामुदायिक विद्यालय प्रत्येकलाई चार लाख रुपियाँ प्रदान गरिएको हो।
संस्थागत विद्यालयतर्फ धापाखेलस्थित जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्नुभएको छ। सामुदायिक विद्यालयतर्फ बुङमतीस्थित आदर्श सौल युवक माध्यमिक विद्यालयका ३ जनामध्ये एक जनाले ४ जिपिए र दुई जनाले ३ दशमलव ९६ जिपिए ल्याएका छन्।
शैक्षिक सत्र २०८१ को एसईईमा ललितपुर महानगरको समग्र नतिजा ९१ दशमलव ५१ प्रतिशत रहेको छ। यसमध्ये सामुदायिक विद्यालयतर्फ ८१ दशमलव ०५ प्रतिशत र संस्थागत विद्यालयतर्फ ९४ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए।
उनले कोभिड–१९ का कारण कमजोर बनेको शैक्षिक गुणस्तरलाई सुधार गर्न गरिएको यो अभ्यास विद्यार्थी र विद्यालयका लागि ठूलो प्रेरणा भएको स्पष्ट पारे। उनका अनुसार यो सम्मान र पुरस्कार महानगरका असल अभ्यासमध्ये एक हो र यसलाई अन्य पालिकाले पनि अनुसरण गर्न थालेका छन्।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यार्थी र विद्यालयलाई बधाई ज्ञापन गर्दै जीवनका अझ ठूलो परीक्षा पास गर्न निरन्तर तयारी गर्नुपर्नेमा जोड दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचका साथ जिम्मेवार र इमान्दार बन्न आग्रह गरेका छन्।
शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावकको अथक परिश्रमको कदरस्वरूप यो सम्मान गरिएको बताए।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया