‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी

काठमाडौँ। अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं अवस्थासँग जुध्ने सशक्त माध्यम ध्यान र योग नै रहेको र यसको साधनाबाट नै दैनिक जीवनलाई थप व्यवस्थित गर्न सामथ्र्यताको ऊर्जा मिल्ने जनाइएको छ ।
यसै सन्दर्भमा आध्यात्मिक गुरु श्री रविशङ्करद्वारा स्थापित ‘आर्ट अफ लिभिङ फाउन्डेसन’द्वारा तयार गरेको आधारभूत तहको ध्यान शिविर (ह्याप्पिनेश कोर्ष) कार्यक्रम स्वास्थ्य पत्रकारका लागि सञ्चालन गरिएको छ । शनिबार सम्पन्न तीनदिने ‘ह्याप्पीनेश कोर्ष’मा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले संयोजन गरेका थिए भने आध्यात्मिक गुरु रीतिका लोहिया र शरद् भेषवाकरले मुख्य प्रशिक्षण प्रदान गरेका थिए ।
यतीकेम डिस्ट्रिब्युटर्सका कार्यकारीसमेत रहनुभएका वैद्यले तालिम समापनका अवसरमा खासगरी शरीर स्वस्थ राख्न व्यायामको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान र योग जरुरी रहने बताउनुभयो । उनले भने, “अहिलेको व्यस्ततापूर्ण समय र अझ सञ्चारकर्मीको दैनिक जीवन अझ व्यस्त र तनावपूर्ण हुने गर्छ । तनावपूर्ण जीवनलाई व्यवस्थित गर्नु पनि आवश्यक छ भनेर नै हामीले प्रथमपटक यसपटक स्वास्थ्य क्षेत्रमा क्रियाशील सञ्चारकर्मीका लागि यो आधारभूत तहको (ह्याप्पिनेस) कोर्ष उपलब्ध गराएका हौँ ।
यसबाट आफ्नो जीवनलाई थप ऊर्जावान गराउन, शारीरिकसँगै मानसिक रूपमा समेत स्फुर्ति बढाउन पनि सहयोग मिल्यो होला भन्ने आशा लिएको छु ।” प्रमुख प्रशिक्षक लोहियाले गुरु रविशङ्करद्वारा प्रतिपादित यस तालिमले जीवनलाई नयाँ दिशा देखाउने जनाउँदै जीवनलाई सही अर्थबाट कसरी अघि बढाउने भन्नेबारेमा प्रशिक्षित गराउने जानकारी दिए ।
उनले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले मानिसको सोच परिवर्तन गरिदिन सक्छ, व्यवहार परिवर्तन गरिदिन सक्छ, हेर्ने दृष्टिकोण र बुझाई परिवर्तन गरिदिन सक्छ भन्नुभयो । उनले भने, “वर्तमानलाई हेर्ने, जुनसुकै परिस्थिति स्वीकार गर्न सक्ने, सबैको कुरा सुन्ने र निर्णय आफूले लिनेजस्तो व्यक्तित्व निर्माण गर्न सहयोग पुग्छ ।
यसमा रहेको सुदर्शन क्रिया गुरुद्वारा प्रतिपादित अझ विशिष्ट विधि हो । यसले शारीरिक र मानसिक रुपमा ऊर्जा प्रदान गर्छ । समग्रतामा भन्दा यो हरेक व्यक्तिको जीवनलाई रचनात्मक ढङ्गले अघि बढाउन सहयोग गर्छ । यसपटक हामीले स्वास्थ्यमा क्रियाशील सञ्चारकर्मीलाई यो तालिम प्रदान गरेको हौँ । यसलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।” नेपाली क्रिकेटमा वादसाह भेषवाकरले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले आफूलगायत क्रिकेटका खेलाडीलाई कायपलट गरेको अनुभव प्रस्तुत गर्दै ‘आर्ट अफ लिभिङ’ जीवन जिउने सही कला भएको बताए ।
पत्रकार रामप्रसाद न्यौपानेले तीन दिनको तालिमल आर्ट अफ लिभिङ’सम्बन्धी धेरै कुरा सिकाएको र परिवर्तन ल्याइदिएको जनाउँदै थप तालिमलाई निरन्तरता दिन माग गरे। यस्तै पत्रकार भगवती तिमल्सिना, डिबी खड्का, सरोज ढुङ्गेल, बुद्धि कटेल, यसिमा महत, सञ्जीता खनाल, शरद् पोखरेल, बिना न्यौपाने, कृपाल गौतम, नमराज भट्टलगायतले तालिम लिइसकेपछि ध्यान र योगका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो । यतिकेमका दिनेशराज पौडेलले समन्वय गर्नुभएको सो तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ स्वास्थ्य सञ्चारकर्मी सहभागी थिए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया