एमालेमा कुनै गुट नरहेकाे योगेश भट्टराईकाे दाबी

ताप्लेजुङ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल, ताप्लेजुङले आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् । उनले देशको आवश्यकताले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकाले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए ।
उनले भने,‘देशमा विषम परिस्थिति सिर्जना भएकाले एमालेको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले देशको आर्थिक स्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तिब्रता दिएको छ ।’ उनले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने बताए । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगको सङ्ख्या पनि घटाउनुपर्ने उनको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको उनको दाबी छ ।










एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया