नमाज पढिरहेका माथी अन्धाधुन्ध गोली प्रहार, २७ को मृत्यु

काठमाडौं । उत्तरी नाइजेरियाको कात्सिनामा नमाज पढिरहेको मस्जिदमा सशस्त्र डाँकुहरूले आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने भने कैयौं घाइते भएका छन् ।
यो जानकारी गाउँपालिकाका प्रमुख र अस्पतालका अधिकारीले दिएका हुन् । स्थानीय बासिन्दाहरूले स्थानीय समय अनुसार बिहान ४ बजे मुस्लिमहरू प्रार्थनाको लागि भेला हुँदा मालुमफासी क्षेत्रको दुर्गम उंगुवान मान्टाउमा रहेको मस्जिदभित्र बन्दुकधारीहरूले गोली चलाएको अल जजीराले लेखेको छ ।
यद्यपि कुनै पनि संगठनले यो घटनाको कुनै जिम्मेवारी लिएको छैन्, त्यस्ता आक्रमणहरू नाइजेरियाको उत्तर पश्चिमी र उत्तर मध्य क्षेत्रहरूमा सामान्य भएको छ, जहाँ स्थानीय गोठालाहरू र किसानहरू प्रायः जमिन र पानीमा झगडा गर्छन्।
यी आक्रमणमा धेरै मानिस मारिएका छन् भने धेरै घाइते भएका छन् । गत जुनमा पनि उत्तर–मध्य नाइजेरियामा भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। एम्नेस्टी इन्टरनेशनलले बेनु राज्यमा लगभग दैनिक रक्तपात रोक्न सरकारलाई अपील गरेको छ। एम्नेस्टीका अनुसार यो हमला बेनु राज्यको येलावाता सहरमा भएको हो ।
उगुवान मन्टाउ क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय यो द्वन्द्व झन् घातक बन्दै गएको छ । अधिकारी र विश्लेषकहरूले चेतावनी दिएका छन् कि धेरै गोठालाहरूले हतियार उठाइ रहेका छन्। राज्य आयुक्त नासिर मुआजुले बुधवार भएको रक्तपात पछि थप आक्रमण हुन नदिन उगुवान मान्टाउ क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको बताए।
उनले वर्षायाममा बारम्बार खेतबारीमा बालीनालीमा लुकेर बन्दुकधारीले समुदायमाथि आक्रमण गर्ने गरेको उनले बताए ।
















सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया