समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी राज्य व्यवस्थामा मात्र मजदुर वर्गको वास्तविक समस्या समाधान हुने धारणा राखेका थिए ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले सहमति र सम्झौताबाट अहिलेको व्यवस्था आएकाले मजदुरहरूले आफ्ना सबै अधिकार प्राप्त गरिनसकेको बताए ।
“मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गका साथै समुदायको वास्तविक समस्या समाधान समाजवादमा मात्र सम्भव छ । समाजवादी क्रान्तिका लागि अबको तयारी गर्नुपर्दछ”, अध्यक्ष दाहालले भने । समाजवादीबीचमा एकता गरी आगामी निर्वाचनमा एकजुट भएर समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “सम्भव भएसम्म समाजवादीहरूको एकता होस् भन्ने चाहना छ । समाजवादी जतिको एउटै केन्द्र बनाएर विशाल शक्ति बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । समाजवादी क्रान्तिको रणनीतिलाई नेपाली मौलिकता र नेपाली नेतृत्वमा नयाँ ढङ्गले अघि बढाउने उद्देश्य छ ।”
अध्यक्ष दाहालले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले स्थायी समिति बैठकको सर्कुलरअनुसार अघि बढ्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरे । उनले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने उल्लेख गरे।
“पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ । स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो । पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन”, अध्यक्ष दाहालले भने । आसन्न केन्द्रीय समिति बैठकपछि गाउँ गाउँमा सङ्गठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिइने जानकारी दिए ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका फ्याक्सन इन्चार्ज रामदीप आचार्य, महासङ्घ गण्डकीका संयोजक रुद्र गौतमलगायत नेता तथा कार्यकर्ताले राजनीतिक परिवर्तनमा मजदुरको भूमिकाका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया