तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उनले बताए। एमालेले दोस्रो विधान महाधिवेशन तयारीका लागि बैठक बोलाएको थियो।
“विधान संशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी थियो तर विधान संशोधनमाथिको सुझाव आउने क्रम रहेकाले बैठक स्थगित गर्नु परेको हो। चाँडै नयाँ मिति तोकिनेछ”, प्रचार विभाग प्रमुख गौतमले भने।
एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ। एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ।
महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने जनाइएको छ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया