नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताएका छन्।
नेपालस्थित चीन संस्कृति केन्द्र र आन्हुई प्रान्तीय संस्कृति तथा पर्यटन विभागद्वारा आयोजित ‘विश्वसँगको संवादमा सुन्दर आन्हुई’ प्रवर्द्धन सम्मेलनको शुभारम्भ गर्दै उनले दुई देशबीच पर्यटन, संस्कृति, भाषा, साहित्यलाई आदानप्रदान गरी सम्बन्धलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री खनालले नेपालमा पनि चीन, आन्हुईजस्ता प्रान्तीय–स्तरका सहकार्य कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने बताउँदै यसले जनस्तरमा पनि सम्बन्ध बलियो बनाउने उल्लेख गरे।
कार्यक्रममा आन्हुई प्रान्तीय जन सरकारका भाइस गभर्नर सन योङले आन्हुई प्रान्तीय भाइस गभर्नर सन योङले संस्कृति र पर्यटनको अनुपम नमुनाका रूपमा आन्हुईलाई विकास गरिएको बताउँदै काठमाडौँ र आन्हुईबीच प्रत्यक्ष सहकार्य विस्तारमा जोड दिए।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया