सांसदलाई दोस्रो डोज खोप आजबाट (सचिवालयको सूचनासहित)

काठमाडौं । संघीय संसदसँग सम्वन्धित पहिलो डोज खोप लगाएका सबैलाई आजबाट दोस्रो डोज खोप दिंइदै छ ।
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई आजबाट कोभिडबिरुद्धको दोस्रो डोज खोप लगाउन लागिएको हो ।
पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेका उनीहरुलाई आजबाट आइतबारसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ । तीन दिन नै नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्हानेत्से हलमा खोप कार्यक्रमको व्यवस्था गरेको सचिवालयको सूचनामा उल्लेख छ ।
सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।
फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउँन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।
उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए ।
दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करिब १० लाख रहेको डा. गौतमले बताए । हेर्नुस सचिवालयको सूचना

















NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया