माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ ।आजको बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ ।
यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थियो । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए ।
उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।
यस एकता प्रक्रियामा नरहेका नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ ।










जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया