सिरहा जाँदै गरेको गाडी उदयपुरमा दुर्घटना

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना१ज ८३९१ नम्बरको विङ्गर गाडी त्रिनपा–४ को बगाहा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा घाइते हुनेमा त्रियुगा–२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रिपा–१२ का १७ वर्षीया प्रतीजा विक रहेका छन् ।
यसैगरी अन्य घाइतेमा सप्तरीको हनुमान नगरपालिका–२ का २७ विर्षीय उपेन्द्र साह, काठमाडाँै गोकर्णेश्वर–२ का ५४ वर्षीय शम्भुप्रसाद पोखरेल, ओखलढुङ्गा खिजीतेम्बा गाउँपालिका–२ का ४५ वर्षीय तीर्थराज घिमिरे, त्रिनपा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रिनपा–११ का ७४ वर्षीय पूर्णबहादुर राई र ६० वर्षीया रामकुमारी राई तथा चालक सप्तरीको हनुमान–२ का २७ वर्षीय उपेन्द्र साह रहेका छन् ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया