कोरोना कहर : नेपालमा मृत्यु दर भारतको भन्दा दुई गुणा बढी
समयमै कन्ट्याक ट्रेसिङ गरे ८५ प्रतिशत संक्रमण दर रोक्न सकिन्छ

काठमाडौँ । नेपालमा मृत्युदर भारतको भन्दा दुई गुणा बढी रहेको तथ्यांकले देखाएको छ । भारतमा अहिले प्रति दश लाख जनामा २.५ जनाको मृत्यु भएको देखिन्छ ।
यसको विपरीत नेपालमा प्रति दश लाखमा ६ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ । यसरी हेर्दा नेपालमा भारतको भन्दा दुई गुणा बढी मृत्युदर रहेको धुलिखेल अस्पतालका जन स्वास्थ्यविद् डा. विराज कर्मचार्य बताउँछन् ।
उनले नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड १९) संक्रमण घटेको तथ्यांकहरूले देखाएको बताए । उनका अनुसार कोरोना पोजेटिभ दर नेपालको भन्दा भारतमा दुई गुणा कम रहेको तथ्यांकले देखाएको छ । अहिले भारतमा कोरोना पोजेटिभ दर २०.२ छ भने नेपालमा ४६.७ प्रतिशत रहेको छ ।
“दुई देशको तथ्यांकले के देखाउँछ भने भारतको तुलनामा नेपालमा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिरहेको छ,” उनले भने, “अर्को कुरा संक्रमितको संख्या समुदायमा बढी देखिएकाे छ ।”
गाउँमा फैलिँदै कोरोना
पछिल्लो केही दिनयता ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढेको देखिएको जन स्वास्थ्यविद् डा. कर्मचाय बताउँछन् । उनका अनुसार ग्रामीण क्षेत्रमा कोरोनाकै लक्षण देखिएको तर परीक्षण नभई बिरामीको मृत्यु भएका छन् । जुन ग्रामीण क्षेत्रमा निषेधाज्ञाको उलघंन गरेर सामाजिक कार्यक्रम र भेटघाट बढ्दा संक्रमण दर बढेको उनले बताए ।
“निषेधाज्ञाअघि कोरोना तीव्र गतिमा फैलिएका शहरबाट गाउँ जाँदा गएका छन्, उनीहरू गाउँमा पनि होम आइसोलेशनमा नबस्दा संक्रमण फैलिएको देखिन्छ,” उनले भने, “समयमै कन्ट्याक ट्रेसिङ गर्न सकेमा ८५ प्रतिशत थप व्यक्तिलाई संक्रमणबाट बचाउन सकिन्छ ।”
गाउँमा कोरोना सर्न कसरी रोक्न सकिन्छ ?
१, एक गाउँबाट अर्को गाउँमा आवज जावतमा निषेध गर्ने,
२, हरेक गाउँहहरुमा आइसोलेशन वा क्वारेन्टिनको व्यवस्था गर्ने,
३, उच्च जोखिम भएका गाउँमा सामूहिक परीक्षण गर्ने वा संक्रमितका समयमा नै कन्ट्याक ट्रेसिङ गर्ने,
४, आइसोलेशन वा क्वारेन्टिनमा हुनेहरूलाई सहायता दिने र संक्रमित बिरामीलाई समयमा नै उचित उपचारको प्रबन्ध गर्ने,
यसैगरि, पाँच दिनसम्म स्वास्थ्यमा समस्याहरू ज्वरो, खोकीलगायतका समस्या कोरोना संक्रमितमा देखिए तुरुन्तै स्वास्थ्य संस्था वाजिल्ला अस्पतालमा लगेर तुरुन्तै उपचार गर्न उनको सुझाव छ । उनले भने, “ठूला अस्पताल जानुपर्छ भन्ने छैन, तर समयमै स्थानीय अस्पतालमा लैजानु पर्छ ।”
केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकामा प्राथमिक स्वास्थ्य केन्द्रहरुूमा मध्यम लक्षण भएका कोरोनाका बिरामीहरुूको व्यवस्थापन गर्न, गम्भीर लक्षण भएका बिरामीको पहिचान गरी प्रारम्भिक उपचारपछि प्रेषण गर्न सकिने उल्लेख छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया