गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु

गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले जनाएको छ ।
यसैबीच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको जनाइएको छ ।
एजेन्सिले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल–तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडीहरू विस्फोट गरिरहेको रिपोर्ट गरेको छ । गाजामा युद्ध अन्त्य गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गाजा पट्टीबाट कब्जा बलहरू फिर्ता तथा उत्तरी गाजामा विस्थापित मानिसहरूको फिर्ती सुरु भएपछि हमास र इजरायली निकाय बिचको युद्धविराम सम्झौता अक्टोबर ११ देखि लागु भएको थियो ।
















तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया