नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशबीचको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारका विषयमा आज काठमाडौँमा छलफल भएको छ । छलफलका क्रममा नेपाल–श्रीलङ्काबीचको ऐतिहासिक कूटनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार विस्तार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने साझा धारणा बनेको चेम्बरले जनाएको छ ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–श्रीलङ्का व्यापारको वार्षिक औसत आकार करिब दुई दशमलव ५ मिलियन अमेरिकी डलर मात्र रहेको उल्लेख गर्दै दुई देशबीच व्यापार असन्तुलन रहेको जानकारी दिए । उनका अनुसार नेपालले एक दशमलव ४० मिलियन डलर बराबरका वस्तु आयात गर्दा निर्यात शून्य दशमलव ७० मिलियन डलरमै सीमित रहेको छ ।
चेम्बरले व्यापार विस्तारका लागि चेम्बरले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार र निर्माणलगायत क्षेत्रमा द्विपक्षीय लगानी तथा व्यापार सहजीकरण गर्न सकिने प्रस्ताव राजदूतसमक्ष राखेको अध्यक्ष अग्रवालले जानकारी दिए। पर्यटन प्रवद्र्धनका लागि सातामा कम्तीमा एक उडान श्रीलङ्का–लुम्बिनी तथा लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव चेम्बरले अघि सारेको छ ।
यसले श्रीलङ्काका बौद्ध धर्मावलम्बी पर्यटकलाई नेपाल आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष अग्रवालको विश्वास व्यक्त गरे। साथै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा निःशुल्क व्यवस्था गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।
भेटवार्तामा राजदूत डेल्पितीयाले व्यापार अभिवृद्धिका सम्भावनाहरू सकारात्मक रहेको भन्दै नेपालसँग व्यापार सहजीकरणका क्षेत्रमा आवश्यक सहयोग तथा पहल गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै, आगामी जुन महिनामा श्रीलङ्कामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर प्रतिनिधिहरूलाई उनले आग्रह गरे । छलफलले दुई देशबीच व्यापार, पर्यटन र आर्थिक साझेदारी विस्तारको दिशामा सकारात्मक वातावरण निर्माण गरेको चेम्बरले जनाएको छ ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया