जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ

भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी नै रहेको बताएका छन् ।
तुलसीपुर उच्च अदालतको आदेशबमोजिम शुक्रबार साँझ जिल्ला अदालत रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएपछि सम्बोधन गर्दै उनले समर्थकसमक्ष हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ,’ उनले भने, ‘मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ।’
उनले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको बताएका छन्। ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला,’ समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’
उनले धेरै बोल्ने समय आउन बाँकी रहेको जिकिर गरेका छन्। ‘म आसा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। धेरै कुरा भन्न बाँकी छ।’
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया