निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन बिथोल्ने काम नगर्न सबै पक्षालाइ चेनावती दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नै सहज विकल्प भएको बताए। ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’
जेनजीको नाममा निर्वाचनको मिति नसार्न पनि उनले अपील गरे। अन्तरिम सरकार बनाउन सहजीकरण गरेको स्मरण गर्दै उनले भने, ‘सरकारले निर्वाचन सारियो भने चुप लागेर बस्ने छैनौंँ।’
पूर्वदेखि पश्चिमसम्म एकता सन्देश सभाका क्रममा जनता पनि निर्वाचनका लागि तयार भइरहेको पाएको उनको भनाइ थियो। राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटिरहेको उनले बताए।

प्रचण्डले जेनजी कुनै व्यक्ति वा समूहको पेवा नभएको बताउँदै जेनजीका नाममा स्टन्ट नगर्न चेतावनी दिए। ‘जेनजी कसैको पेवा होइन। हामी जेनजीका प्रतिनिधि भनेर कसैले स्टन्ट नगरे हुन्छ,’ उनले भने, ‘जेनजीको असल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो।’
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया