मंगलबार, पुष २९, २०८२

खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

मेरोन्यूज २०८२ पुष २८ गते २१:१७
म्याग्दीको मङ्गला गाउँपालिका वडा नं. २ रणबाङको रानीभीर ठाडोपाखा सामुदायिक वनमा बुधबार साँझ ६ः३० बजे लागेको डढेलो । डढेलो लागेपछि वन नजिकका बासिन्दा त्रसित छन् । तस्बिर : ध्रुवसागर शर्मा / रासस

चौतारा, २८ पुसः चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो । आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ । आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो । —

प्रतिक्रिया