स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिएका छन् । यद्यपि अझै पुष्टि हुन बाँकी पीडित हुनसक्ने सम्भावना रहेको उनले बताए ।
रेल अपरेटर आदिफका अनुसार करिब ३०० यात्रु बोकेको रेल साँझ ७ः४५ बजे मालागाबाट म्याड्रिडतर्फ जाँदै गर्दा कोर्डोबा नजिकै अचानक पटरीबाट हटेको थियो । सो रेलको पछाडिको भाग उफ्रेर विपरीत दिशाबाट म्याड्रिडदेखि दक्षिणी सहर हुवेल्भातर्फ आइरहेको करिब २०० यात्रु बोकेको अर्को उच्चगतिको रेलसँग ठोक्किएको थियो ।
अन्डालुसिया क्षेत्रीय राष्ट्रपति जुआन म्यानुएल मोरेनोले ७५ यात्रुलाई अस्पताल भर्ना गरिएको जानकारी दिए । तीमध्ये धेरैलाई कोर्डोबा लगिएको छ र कम्तीमा १५ जना गम्भीर घाइते छन् । स्पेनिस रेड क्रसले दुर्घटनास्थल नजिकैको आदामुज सहरमा सहायता केन्द्र स्थापना गरी आपतकालीन सेवाहरू र आफन्तको खोजीमा रहेका मानिसहरूलाई सहयोग गरिरहेको छ ।
सिभिल गार्ड, सिभिल डिफेन्स तथा अन्य उद्धार टोलीहरू चिसो र स्पष्ट रातभर भग्नावशेष हटाउने कार्यमा खटिएका छन् । घटनास्थलमा आपतकालीन सेवाबाहेक अरूलाई प्रवेश निषेध गरिएको थियो ।
















मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
जापानमा मध्यावधि चुनावको घोषणा हुने
झापा पुगेर ओलीले भने – सुरक्षित वातावरण बनाइयाेस्, जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ
लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया