सोमबार, माघ १२, २०८२

कांग्रेसका सभापति थापा आज सर्लाही जाँदै

मेरोन्यूज २०८२ माघ १२ गते ९:३१

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन् ।

उनकाे सचिवालयका अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ ।

थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही– ४ बाट उम्मेदवार रहेका छन् ।

वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।उनले आज बागमती पुल, कर्मैयामा राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया