राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबीबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरु गरेको छ ।
बैंकका अनुसार यो डिजिटल कर्जा सेवा एफ१ सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्राइभेट लिमिटेडद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ ।
यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् ।
बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले यस एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले यस एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन् ।
उक्त सेवा बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले शुभारम्भ गरेका हुन् । यस कर्जा सेवाका बारेमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो।’


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया