राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबीबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरु गरेको छ ।
बैंकका अनुसार यो डिजिटल कर्जा सेवा एफ१ सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्राइभेट लिमिटेडद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ ।
यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् ।
बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले यस एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले यस एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन् ।
उक्त सेवा बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले शुभारम्भ गरेका हुन् । यस कर्जा सेवाका बारेमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो।’
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया