बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए

पाकिस्तानका सुरक्षा बल तथा कानून प्रवर्तन निकायहरूले बलोचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधि असफल पार्दै शनिबार ९२ आतङ्कवादी मारिएको घोषणा गरेका छन् । उक्त अपरेशन प्रान्तभर आतङ्क फैलाउने योजना रोक्न र स्थानीय जनजीवन तथा विकासमा सुरक्षा सुनिश्चित गर्न गरिएको थियो ।
सैनिक प्रवक्ताका अनुसार, आतङ्कवादीहरूले ग्वादर, खारण र अन्य जिल्लामा विभिन्न आक्रमणको योजना बनाएका थिए । यस्ता आक्रमणले स्थानीय जनजीवन सङ्कटमा पार्ने र क्षेत्रीय विकासमा बाधा पु¥याउने खतरा थियो। । सुरक्षा अपरेशनको क्रममा ग्वादर र खारणमा १८ निर्दोष नागरिकको मृत्यु भएको छ भने १५ सैनिक शहीद भएका छन् ।
पाकिस्तान सैन्य प्रवक्ताले भने,“गत दुई दिनमा सम्पन्न सफल अभियानपछि बलोचिस्तानमा जारी अपरेशनमा मारिएका आतङ्कवादीको सङ्ख्या १३३ पुगेको छ । यसमा शुक्रबार मारिएका ४१ आतङ्कवादी पनि समावेश छन् । हाम्रो लक्ष्य आतंकवादीहरूको दुष्ट योजना असफल बनाउनु हो ।”
सैन्य अधिकारीहरूले थप जानकारी दिँदै प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेशन निरन्तर जारी राखिने र आतङ्कवादी गतिविधिमा संलग्न सबै अपराधी र सहयोगीहरूलाई न्यायको कठघरामा ल्याइने भनेका छन् ।
इंटेलिजेन्स रिपोर्ट अनुसार, यी आक्रमणहरू पाकिस्तान बाहिरबाट सञ्चालित आतंकवादी समूहका नेताहरूले योजनाबद्ध र निर्देशित गरेका थिए । सैनिक प्रवक्ताले भने, “हामीले आतङ्कवादको दुष्ट योजनालाई सफल हुन नदिई थाम्न सफल भयौं । यस अभियानले बलोचिस्तानको सुरक्षा र विकास सुनिश्चित गर्नेछ ।”
बलोचिस्तान प्रान्त पाकिस्तानको रणनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । यहाँ बन्दरगाह शहर ग्वादर, प्राकृतिक स्रोत र आर्थिक परियोजनाहरू रहेका छन् । विगत केही वर्षदेखि यो क्षेत्रमा विभिन्न आतंकवादी समूह सक्रिय रहेका छन् । पाकिस्तानले नियमित रूपमा सुरक्षा अपरेशन सञ्चालन गर्दै आएको छ, जसले आतंकवादी गतिविधिलाई रोक्न र स्थानीय जनजीवन सुरक्षीत बनाउन सहयोग पु¥याएको छ ।
सैन्य अधिकारीहरूले नागरिकलाई अपील गर्दै उनीहरूले सुरक्षा बलसँग सहकार्य गर्नु आवश्यक छ र आतङ्कवादी गतिविधिको सूचना तुरुन्त सम्बन्धित निकायलाई दिनुपर्ने जनाएका छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया