नेप्से परिसूचकमा २७ अंकको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।
आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक आज रातो देखिएको छ । बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।

















कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया