झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री घोषणा गरेका बालेन्द्र साह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् ।
झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ ।

















इरानका राष्ट्रपतिले भने – इजरायल र अमेरिकासामु कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनाैं
गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया