निर्वाचनको तयारी गर्न ओलीले दिए निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । शनिबार आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचनको मिति घोषणा गरिसकेका छन् । कार्तिक २६ गते र मंसिर ३ गते निर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘बालुवाटारमा भएको भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नु भएको थियो ।’
प्रधानमन्त्रीको निर्देशनसँगै आयोगका पदाधिकारीहरूले निर्वाचनको तयारी गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीले निर्वाचनको तयारी गर्न भन्नु भयो, अब हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत हुन्छ,’ छलफलमा सहभागी एक पदाधिकारीले भने, ‘निर्वाचन गर्न तीन महिना (१२० दिन) काफी हुन्छ, यति समयमा आयोगले सबै तयारी गर्न सक्छ ।’
यसअघि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको तयारी गर्न आयोगका पदाधिकारीलाई निर्देशन दिएको थियो । त्यस समयमा ओली आफै आयोगको कार्यालयमा पुगेर निर्देशन दिएका थिए ।
















इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया