लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ ।देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट, गोदावरी नगरपालिका-११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट एक/एकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया