शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

काठमाडौँ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।
मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको बताउँदै आगामी पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गर्ने बताए । उनले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे । “हामीले पाएको मतलाई केवल समर्थन होइन, जिम्मेवारीका रूपमा बुझेका छौँ,” उनले भने ।
शिक्षा क्षेत्र सुधारका सन्दर्भमा मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताए । उनले शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गरे ।
मन्त्री पोखरेलले सानै उमेरदेखि सूचना प्रविधि, एआई, स्वास्थ्य र खेलकुदलाई शिक्षासँग जोड्ने नीति ल्याइने जानकारी दिए । खेलकुद क्षेत्रबारे बोल्दै उनले दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए । हाल सुरक्षा निकायमा आधारित खेलाडी उत्पादनको प्रवृत्तिलाई परिवर्तन गर्दै विद्यालय तहदेखि नै खेलकुद विकास गरिने उनले स्पष्ट पारे ।
खेलकुद र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जहाँ राजनीति आवश्यक छ त्यहाँ भइरहेको छैन, जहाँ आवश्यक छैन त्यहाँ भइरहेको छ, अब सम्बन्धित क्षेत्रमा विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिनेछ ।”
मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यस्तो छ मन्त्री पोखरेलको जीवनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा ९एमाले०का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापालगायतका स्थापित दलका शीर्ष नेतालाई निर्वाचनमा हराएर उनले चर्चा कमाएका थिए । विसं २०५२ फागुन १ गते काठमाडौँमा जन्मनुभएका पोखरेलले वैकल्पिक राजनीतिक धारलाई अगाडि बढाउँदै आएका थिए । विवेकशील साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका पोखरेल विसं २०७४ मा उज्ज्वल थापाको चुनावी अभियानमा सक्रिय भएका थिए ।
कानुन विषयमा काठमाडौँ विश्वविद्यालयबाट स्नातक हासिल गरेका उनले १२ कक्षाको अध्ययन भने संयुक्त राज्य अमेरिकामा पूरा गरेका हुन् । विसं २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–५(क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका उनी त्यतिबेला पराजित हुनुभएको थियो । त्यसपछि पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा तथा सहायकविज्ञ तथा सहरी योजनामा सहायक विज्ञका रूपमा काम गरे ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया