शुक्रबार, चैत १३, २०८२

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

मेरोन्यूज २०८२ चैत १३ गते २०:१७

काठमाडौँ : साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलङ्कालाई हराएको थियो ।

प्रतिक्रिया