ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा हर्मुज जलमार्ग खोल्न दिएको ४८ घण्टाको अन्तिम चेतावनीलाई इरानले अस्विकार गरेको छ ।
इरानको केन्द्रीय सैन्य कमाण्ड अन्तर्गत खातम अल(अम्बिया केन्द्रीय मुख्यालयको एक विज्ञप्तिमा जनरल अली अब्दुल्लाही अलिआबादीले अमेरिकी राष्ट्रपतिको धम्कीलाई ‘असहाय, डराएको, असन्तुलित र मूर्खतापूर्ण कार्य’ भनेका छन् ।
उनले भने, ‘ यदि अमेरिकी-जियोनिस्ट शत्रुले कुनै पनि प्रकारको आक्रामकता देखाएमा, हामी बिना कुनै सीमा अमेरिकी आतंकवादी सेनाले प्रयोग गर्ने सबै पूर्वाधारहरू र जियोनिस्ट शासनका पूर्वाधारहरूलाई निरन्तर र विनाशकारी आक्रमणको निशाना बनाउनेछौं।’
यसअघी हिँजो आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्,- ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलमार्ग खोल्न १० दिनको समय दिएको सम्झनुहोस्। अब समय घर्कँदै छ-४८ घण्टाभित्र यो गरिएन भने उनीहरूमाथि महाविनाश आउनेछ ।’
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया