सोमबार, चैत २३, २०८२

सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

मेरोन्यूज २०८२ चैत २३ गते १०:२६

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । 

Advertisement
nepal life insurencenepal life insurence

बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान भएको छ ।पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ ।

यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे पनि सर्वदलीय बैठकमा छलफल हुने पाण्डेले बताए ।

प्रतिक्रिया